३. कार्यक्रमको छनौट ः
(१) नेपालको अन्तरिम संविधान,२०६३ को धारा ६३ को उपधारा
(३) को खण्ड (क) बमोजिमका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार निर्वाचित संविधानसभा सदस्यले आपूm निर्वाचित भएको जिल्लाको निर्वाचन क्षेत्र र सोही उपधाराको खण्ड (ख) बमोजिम समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने तथा खण्ड (ग) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्बाट मनोनयन हुने संविधानसभा सदस्यले निजले रोजेको कुनै एक जिल्लाको निर्वाचन क्षेत्रहरूमा कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम सञ्चालन हुने कार्यक्रमको छनौट संसद सदस्य वा निजको प्रतिनिधिले गर्नेछ ।
(३) उपनियम (२) बमोजिम कार्यक्रम छनौट गर्दा एक वर्षभित्र कार्यान्वयन गर्न सकिने छपचास हजार रुपैया“ भन्दा बढी लागत भएका कार्यक्रम छनौट थरी अनुसूची–१ बमोजिमको कार्यान्वयन तालिका समेत बनाई सम्बन्धित जिल्ला विकास समितिको
कार्यालयमा प्रत्येक आर्थिक वर्षको पहिलो चौमासिक भित्र पेश गरिसक्नु पर्र्नेछ । टतर आर्थिक वर्ष २०६५÷६६ को लागि सम्वत् २०६५ साल माघ मसान्तसम्म कार्यक्रम पेश गर्न सकिनेछ ।
(४) उपनियम (२) बमोजिम प्राप्त भएको कार्यक्रमको प्रतिलिपि सहित सम्बन्धित जिल्ला विकास समितिको कार्यालयले एक महिनाभित्र रकम निकासाका लागि सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिमको अवधिभित्र कार्यक्रम पेश नगरेमा वा उपनियम (४) बमोजिम रकम निकासा माग नभएमा यो नियम बमोजिमको रकम निकासा हुने छैन ।
(६) उपनियम (२) बमोजिम छनौट गरिने कार्यक्रम देहाय बमोजिमको हुनु पर्नेछ ः–
(क) आवधिक जिल्ला विकास योजना र अन्य क्षेत्रगत योजनाको परिधिभित्र परेको,
(ख) महिला, बालबालिका, दलित, ठअपाङ्ग, मधेशी, मुस्लिम, पिछडा समुदाय तथाविपन्न वर्गको उत्थान र विकास सम्बन्धी,
ड(ख१) श्रममा आधारित योजना,
(ग) कम्तीमा बीस प्रतिशत जनसहभागिता हुने ।